बारा । जिल्ला प्रशासन कार्यालय बाराले जिल्ला सदरमुकाम कलैयामा सद्भाव र्याली निकालेको छ ।
बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको आह्वानमा शनिबार जिल्ला प्रशासन कार्यालयबाट निकालिएको सद्भाव र्यालीले कलैया बजार परिक्रमा गरेको थियो ।
बाराका प्रतिनिधि सभा सदस्यहरू, प्रदेश सभाका सदस्यहरु, विभिन्न पालिकाका प्रमूख तथा प्रतिनिधिहरू, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरू तथा सरकारी कार्यालयका प्रमुखहरू सद्भाव र्यालीमा सहभागी थिए ।