
काठमाडौं । चलचित्र ‘लज्जावती’ आजदेखि देशभरका चलचित्र भवनहरूमा प्रदर्शनमा आउँदै छ । चलचित्र ‘लज्जावती’ प्रेमकथामा आधारित एक पूर्ण पारिवारिक चलचित्र हो ।
‘लज्जावती’ निर्देशक राजबहादुर सानेको निर्देशन तथा कमल शर्माको निर्माणमा तयार भएको चलचित्र हो ।
चलचित्रमा युवापुस्ताको प्रेमसँगै पारिवारिक सम्बन्ध, त्याग, संघर्ष, आत्मीयता र नेपाली समाजका विविध यथार्थपरक पक्षहरूलाई संवेदनशील ढंगले प्रस्तुत गरिएको छ ।
चलचित्रमा अभिनेता श्री कृष्ण निरौला, मुकुन भुसाल, अभिनेत्री मेनुका माझी, जानुका विश्वकर्मा, विनोद श्रेष्ठलगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ ।








