
पाकिस्तानको ब्रोड पिक आरोहण क्रममा हिमपहिरोमा परी बेपत्ता भएकामध्ये ४ जनाको शव फेला परेको छ।
आरोहण व्यवस्थापक सेभेन समिटका महाप्रबन्धक थानेश्वर गुरागाईंले ४ जनाको शव फेला परेको भन्ने सूचना प्राप्त भएको जानकारी दिए।
गुरागाईंका अनुसार ६ हजार ७ सय मिटर हाराहारीको उचाइमा पुगेपछि आरोहीहरू हिमपहिरोमा परेका थिए।
हिमपहिरोमा परेर सम्पर्कविहीन भएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ सहित १० जना आरोही बेपत्ता भएका थिए। उनीहरूको खोजी क्रममा चार जनाको शव फेला परेको हो।
बेपत्ता भएका १० जना आरोहीमध्ये ६ जना नेपाली छन्। उनीहरू गोरखा, दोलखा र संखुवासभाका हुन्।
