
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरी लगायत मधेशका विभिन्न जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष र पारदर्शी हुने बताएका छन् ।
बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
सम्बोधनको क्रममा उनले अत्यन्त संवेदनशिल घडीमा उपस्थित भएको बताए । उनले घट्नामा दिवंगत हुनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे । घाइतेको उपचारमा कमि हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरे । शान्ति सूरक्षा कायम गर्ने निरन्तर प्रयास भैरहको समेत बताएका छन् ।
गृह मन्त्रालयले छानविन समिति बनाईसकेको बताए ।कप्तानगंज घटनाको निष्पक्ष छानबिन हुने बताएका छन् ।घटनामा संलग्न जो कोही भए पनि कारबाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको उनले बताएका छन्।
‘संविधानले आआफ्नो धर्म संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको छ । यो संवैधानिक दायित्व निर्वाह गर्न सरकार पूर्णरुपमा प्रतिबद्ध छ । ‘उनले भनेका छन् , ‘ सबै धर्मको मूल सार करुणा,दया,प्रेम र शान्ति हो भन्दै देशको कुनै स्थानमा भएको अनपेक्षित घट्नालाई लिएर कुनै सिंगो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु न्यायोचित र न्यायसंगत हुन सक्दैन् । सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको बादल हटाउनुपर्नेछ ।’ उनले आफ्नो सम्बोधनमा भनेका छन् ।
प्रधानमन्त्री बालेन शाहले द्धारादेशवासीका नाममा सम्बोधन :
नमस्कार,
र आदरणीय बुवा आमा दिदीबहिनी तथा दाजुभाइहरू,
म आज एक अत्यन्त संवेदनशील घडीमा तपाईहरूसामू उपस्थित भएको छु ।
केही दिनअघि सुनसरीको देवानगञ्ज, सिराहालगायतका स्थानमा भएको दुःखद घटना र त्यसपछि केही जिल्लाहरूमा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ ।
