
काठमाडौँ।मधेस प्रदेश प्रहरी कार्यालयले मधेस घटना छानबिन गर्न एसपी भेषराज रिजालको संयोजकत्वमा तीन सदस्यीय टोली गठन गरेको छ।
पछिल्लो केही दिनयता मधेसका केही जिल्लामा भइरहेका घटनाबारे छानबिन गर्न एसपी रिजालको संयोजकत्वमा टोली गठन भएको हो।
टोलीमा एसपी रिजाल सहित इन्स्पेक्टर यज्ञराज भट्ट र असई गोविन्द झा छन्।
गत आइतबार राति सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा झडपको क्रममा गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएको थियो।
