
काठमाडौ । कवि आर्यशको कवितासंग्रह ‘म तिमी आउनुअघि नै गैसकेको थिएँ ‘सार्वजनिक भएको छ ।
एक दशकदेखि कविता लेखनीमा सक्रिय कवि आर्यशको यो कृतिमा निराशा,कोमल भाव,उदासिनता,विद्रोही चेतना र सिर्जनशिलता जस्ता विषयगत विविधाका ५८ थान कविताहरु यस संग्रहमा छन् ।
इन्डिगो इन बुक्सले हालै बजारमा ल्याएको यो कृतिको मूल्य ३ सय रुपैयाँ रहेको छ ।




