
काठमाडौँ।अमेरिकाका उपराष्ट्रपति जेडी भान्स र उनको टोली इरानसँगको सम्झौतामा सहमति जुट्न नसकेपछि पाकिस्तानको राजधानी इस्लामावादबाट प्रस्थान गरेका छन्।
बीबीसीका अनुसार, उनीहरू आफ्नो एयर फोर्स टु विमानमार्फत प्रस्थान गरेका हुन् र अमेरिका फर्किरहेका छन्।
इस्लामावादबाट उडान भर्नुअघि जेडी भान्सले एक पत्रकार सम्मेलनमा करिब २१ घण्टा चलेको वार्तापछि पनि अमेरिका र इरान कुनै सम्झौतामा पुग्न नसकेको बताए।
रानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले अमेरिका आफ्नो ‘अत्यधिक मागहरू’ बाट पछि हट्नुपर्ने बताएका छन्।
इरानी प्रतिनिधिमण्डलसँग नजिक रहेको एक स्रोतले फार्स समाचार एजेन्सीलाई बताएअनुसार अमेरिका वार्ताको टेबल छोड्ने बहाना खोजिरहेको थियो।



