
काठमाडौं।वासु शशी स्मृति परिषद्ले वरिष्ठ साहित्यकार वसन्त चौधरीलाई ‘वासु शशी साहित्य पुरस्कार-२०८२’ साहित्यकार जयदेव भट्टराईलाई ‘वासु शशी स्रष्टा पुरस्कार-२०८२’ र साहित्यकार हरि मञ्जुश्रीलाई ‘कृष्ण-सरस्वती साहित्य पुरस्कार-२०८२’ प्रदान गर्ने निर्णय गरेको छ।
परिषद्का अध्यक्ष कालीप्रसाद रिजालको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो।
उक्त पुरस्कार वरिष्ठ कवि एवं नाटककार वासु शशीको ९० औं जन्मजयन्तीको अवसरमा आगामी चैत १३ गते समर्पण गरिने परिषद्का सदस्य-सचिव प्रद्युम्न जोशीले बताए।
