
काठमाडौं। बंगलादेशको प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)मा नेतृत्व परिवर्तन भएको छ ।
पार्टीको राष्ट्रिय स्थायी समितिले सर्वसम्मतिबाट तारिक रहमानलाई पार्टीको नयाँ अध्यक्ष नियुक्त गरेको छ ।
यो निर्णय पूर्वप्रधानमन्त्री एवं बीएनपी अध्यक्ष खालिदा जियाको निधनको केही दिनपछि लिइएको हो । खालिदाको निधनपछि बीएनपी अध्यक्षको पद रिक्त थियो ।
यो पद पूर्ति गर्न राष्ट्रिय स्थायी समितिको बैठक बोलाइएको थियो, जसले तारिक रहमानलाई अध्यक्ष चयन गरेको हो ।
६० वर्षीय तारिक रहमानको पार्टी संगठनमा लामो अनुभव रहेको छ । सन् २००२ मा उनलाई बीएनपीको वरिष्ठ संयुक्त महासचिव बनाइएको थियो ।
सन् २००९ मा उनी पार्टीको वरिष्ठ उपाध्यक्ष बनेका थिए । पार्टीभित्र उनलाई रणनीतिकार र संगठनलाई मजबुत बनाउने नेताका रूपमा चिनिन्छ ।




