काठमाडौं।देशका केही स्थानमा आज आंशिक बदली हुनेछ ।
मुख्यतया मौसम सफा रहनेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
विभागले राति तराई भूभागका केही स्थानमा हुस्सु रहने बताएको छ ।
विभागका अनुसार पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
