
काठमाडौं।नेकपा एमालेको ११ औं महाधिवेशन सुरू भएसँगै एमालेका नेताहरूले धमाधम उम्मेदवार नबन्ने घोषणा गरिरहेका छन्।
यस क्रममा नेकपा (एमाले)अनुशासन आयोगका अध्यक्ष केशव बडालले पनि आफू उम्मेदवार नबन्ने घोषणा गरेका हुन्।
बडालले पछिल्लो समय आफूले जिम्मेवारी अपेक्षित रूपमा पूरा गर्न नसकेको आत्म स्वीकृति व्यक्त गर्दै यस महाधिवेशनबाट पार्टीको कुनै पनि पदमा नबस्ने निर्णय घोषणा गरेका हुन्।



