काठमाडौं।प्रधानमन्त्री सुशीला कार्कीसँग नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंको औपचारिक भेटवार्ता सुरु भएको छ।
नागरिक बचाउ दलका संरक्षक तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक प्रसाईंले सरकारसँग राखेका २७ बुँदे मागका मुख्य बुँदाहरुबारे प्रधानमन्त्री कार्कीसँग छलफल चलिरहेको हो।
प्रधानमन्त्री कार्कीसँग समसामयिक राजनीतिक तथा सामाजिक मुद्दाहरुमा छलफलका लागि प्रसाईंलाई मंसिर २२ गतेको समय दिइएको थियो।
छलफल सोमवार दिउँसो ३ बजे सुरु भएको हो।
