काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले तमु ल्होसार तथा दुरा समुदायको म्हैप्रु नकुमा पर्वका अवसरमा शुभकामना व्यक्त गरेकी छिन् ।
आज बिहान शुभकामना सन्देश जारी गर्दै गुरुङ समुदायको ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गरेकी छिन् ।
