
काठमाडौं।सरकारसँग असन्तुष्ट जेनजी समूहले आजदेखि विरोध प्रदर्शन सुरु गर्ने भएका छन् ।
जेनजी समूहका अनुसार बिहान ११ बजेदेखि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन हुनेछ।
आफूहरूले अघि सारेका माग र मुद्दा सरकारले ‘अपहरण’ गरेको आरोप लगाउँदै विभिन्न जेनजी समूहहरूले प्रधानमन्त्रीको १०० दिन पूरा भएकै दिन आन्दोलन घोषणा गरेका हुन्।
आन्दोलनबारे जेनजी अगुवा मिराज ढुंगानाले आन्दोलन शान्तिपूर्ण हुने स्पष्ट पारे। उनले भने, “हामी कसैबाट पनि परिचालित भएका छैनौँ। सुरुदेखि नै हाम्रा माग स्पष्ट छन् र ती फेरिएका छैनन्।”



