
काठमाडौं।नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले नेकपा एमालेमा निस्शर्त फर्किन लागेको बताएका छन् ।
उनले एकताभन्दा पनि पसिना बगाएको मूल घर फर्किन लागेको बताए ।
आज पत्रकार सम्मेलनमा उनले भने, ‘हामीलाई केही चाहिएको छैन मूल घरमा हाँसेर बोल्दिए, सम्मानजनक व्यवहार गर्दिए पुग्छ ।’राजधानीमा आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले भने ।


