
काठमाडौं । सर्वोच्च अदालतले डा. निकोलस भुसाल (कमल)को बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।
शुक्रबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।
इजलासले भुसाललाई अदालतमा उपस्थित गराउन आदेश गरेको छ । अब संयुक्त इजलासले थुनामा रहने वा थुनामुक्त गर्ने भन्ने आदेश दिनेछ ।
भुसाल सामाजिक सञ्जालमार्फत अमर्यादित र अभद्र अभिव्यक्ति दिएपछि पक्राउ परेका थिए ।

