
काठमाडौं । हङकङमा बुधबार राति लागेको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या ९४ पुगेको छ । केही मानिसहरुको अवस्था अझै अज्ञात छ ।
सुरक्षाकर्मीका अनुसार मृतकमध्ये धेरैजसो सुतिरहेको समयमा धुवाँमा निसास्सिएर ज्यान गुमाएका हुन् ।
सम्बन्धित अधिकारीहरूले प्रारम्भिक अनुमानमा विद्युत् सर्टका कारण आगो लागेको आशंका गरेका भएपनि अनुसन्धानको रिर्पोट अझै आइसकेको छैन् ।
घटनास्थलमा उद्धार कार्य अझै जारी छ । घाइतेहरूलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ । घाइतेहरुमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ ।
आगलागीबाट विस्थापित सयौं मानिसका लागि अस्थायी बसोबासका व्यवस्था पनि नगर प्रशासनले गरेको छ ।


