
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनको स्थलगत निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा मन्त्री घिसिङले संसद भवन निर्माण कार्यमा देखिएका ढिलाइप्रति चिन्ता व्यक्त गर्दै निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिएका छन् ।
उनले भने, ‘पहिलो पटक सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवन अवलोकन गर्दा पुरानो संसद भवन जेनजी आन्दोलनका क्रममा आगलागी भएर पूर्ण रूपमा ध्वस्त भएको अवस्था छ । अब निकट भविष्यमा राष्ट्रियसभा बैठक र फागुन २१ गतेपछि निर्वाचित प्रतिनिधिसभाको बैठक सञ्चालन गर्नुपर्ने भएकाले नयाँ भवन समयमै सम्पन्न गर्न अत्यावश्यक छ ।’
उनले पुरानो संसद भवन पुनर्निर्माण गर्न अझै धेरै समय लाग्ने भएकाले नयाँ भवन छिट्टै सम्पन्न नगरे ठूलो असर पर्न सक्ने बताए ।
उनले भने, ‘हामीले यो नयाँ संसद भवन छिटो भन्दा छिटो सम्पन्न गर्न सकेनौं भने त्यसको असर धेरै पर्ने हामीले देखेका छौं ।’
मन्त्री घिसिङले निर्माण कार्य तीव्रगतिमा अघि बढाउन ठेकेदार कम्पनीहरूबीच सहकार्य र समन्वय आवश्यक रहेको बताए । उनले भने, ‘यो भवनलाई समयमै सम्पन्न गर्नका लागि सिभिल कन्ट्रयाक्टर र अन्य ठेकेदारबीच समन्वय गरी हरेक दिनको कार्यतालिका (सेड्युल) बनाउनुपर्छ । साथै, त्यसको प्रगति प्रत्येक दिन बेलुका समीक्षा गर्नुपर्छ ।’
७४ बर्षिय अभिनेता शाहको शनिबार दिउसो निधन भएको हो । उनी पछिल्लो समय मृगौलासम्बन्धि रोगबाट पिडित थिए ।
कमेडीदेखि गम्भीर भूमिकाका लागि परिचित शाहले कैयौं टिभी सिरियलमा काम गरेका छन् । ‘भगवान परशुराम’ बाट आफ्नो करियर सुरु गरेका थिए । उनको पहिलो प्रमुख भूमिका १९८१ को फिल्म ‘उमराव जान’ मा दिलावरको रूपमा आयो । त्यसपछि उनी १९८३ को फिल्म ‘जाने भी दो यारों’ मा कमिश्नर डी’ मेलोको भूमिकाबाट घरपरिवारको नाम बनेका थिए । उनले ‘हम आपके है कौन’ मा डाक्टरको भूमिका होस् वा ‘अकेले हम अकेले तुम’ मा गुलबदन कुमारको भूमिका होस्, सतीशले ९० को दशकमा धेरैजसो चलचित्रहरूमा हास्य भूमिका खेलेका थिए । जसमा ‘जुडवा’, ‘साजन चले ससुराल’, ‘घरवाली बहरवाली’ र ‘अनारी नम्बर वान’ जस्ता चलचित्र थिए ।
उनले शाहरुख खानसँग चलते चलते, सलमान खानसँग मुझसे शादी करोगी र आमिर खानसँग अकेले हम अकेले तुम जस्ता चलचित्रहरूमा पनि अभिनय गरेका थिए । आफ्नो करियरमा सतीशले तीनै खानसँग धेरै फिल्ममा काम गरे। उनी पछिल्लो पटक २०१४ मा फिल्म ‘हमशकल्स’ मा देखिएका थिए ।
त्यस्तै ‘घर जमाई’ र ‘साराभाई भर्सेस साराभाई’ जस्ता टिभी कार्यक्रमहरूमा देखा पर्दै र ‘कमेडी सर्कस’ मा निर्णायकको रूपमा देखा पर्दै, सतीशले टेलिभिजन संसारमा आफ्नो छाप छोडेका थिए ।




