
२५ असोज, काठमाडौं । आज विश्वभर विभिन्न कार्यक्रम गरी विश्व प्रवासी अर्थात् ग्लोबल बिग डे ( World Migratory Bird Day and Global Big Day ) मनाइँदै छ। ऋतु परिवर्तन संगै लाखौं प्रवासी चराहरूले मैदानहरू, समुद्र, पहाडहरूमा बहुराष्ट्रिय सीमाना पार गरिरहेका छन्। यस प्राकृतिक घटनाले अक्टोबर ११ शनिबार, ११ औं विश्व प्रवासी चराहरूको दिवस भनेर मनाइन्छ |प्रवासी चराहरू र तिनीहरूको संरक्षणको आवश्यकता र तिनीहरूको बासस्थानको संरक्षणको महत्त्वको बारेमा जागरूकता जगाउन विश्व प्रवासी चरा दिवस मनाउन थालिएको हो |

चराहरु उड्ने भएकाले अनकूल मौसम, सुरक्षित बासस्थान र चरनको खोजीमा एक ठाउँबाट अर्को ठाउँ, एक देशबाट अर्को देश र एक महादेशबाट अर्को महादेशमा बसाइँ सरी आउने जाने गर्दछन्। बसाइँसराइ गर्ने चराहरुको संरक्षणमा विश्वव्यापी जनचेतना अभिवृद्धि र संरक्षणमा अन्तरदेशीय साझेदारी स्थापना गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो। पर्याप्त खाना, सुरक्षित प्रजननस्थल र राम्रो मौसमको खोजीमा चराहरु टाढा टाढाबाट बर्सेनि ताल तलैया र सीमसार क्षेत्रमा आइपुग्ने गरेका छन् |

केही वर्षयता नेपालमा पनि विभिन्न कार्यक्रम गरी विश्व प्रवासी चरा दिवस र ग्लोबल बिग दे मनाउने गरिएको छ। नेपाल पन्छी संरक्षण संघको आयोजनामा इचंगु नारायण वरपर रहेका चराहरूको अवलोकन गरि विश्व प्रवासी चरा दिवस र ग्लोबल बिग दे मनाइएको छ |

चरा संरक्षणसँगै यसबारे जनचेतना फैलाउन समेत उनीहरू जुटेका हुन् । अहिले चरा अवलोकनको संस्कृति बढ्दै गएको पाइएको छ भने आज २२ जना अवलोकनकर्ताले ५७ प्रजातिका चराको पहिचान गरेका छन् | पहिचानसँगै संरक्षणमा समेत योगदान पुग्ने उनीहरुको भनाइ रहेको छ |

प्रसन्न श्रेष्ठ र ११ बर्षकि नानि (भेरी कुमार)चरा अवलोकनकर्ता ले चराहरुको लिस्ट तयार पारे संगै प्रेम थापाले आजको कार्यक्रम लीड गरेका थिए | यो प्रवासी चराहरू, तिनीहरूको संरक्षणको आवश्यकता र तिनीहरूको बासस्थानको संरक्षणको महत्त्वको बारेमा जागरूकता जगाउने विश्वव्यापी अभियान हो। यो कार्यक्रम पाँच घण्टाको थियो |







