काठमाडौं।नेकपा एमालेका चर्चित युवा नेता माननीय गोकुल बास्कोटाले सरकार उत्तर कोरियाको बाटो हिंडेको बताए ।
उनले नेपाल सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति कडा आलोचना गरेका छन्।
बास्कोटाले सरकारले नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने तयारी गरिरहेकामा प्रतिक्रिया दिँदै यस्तो कदमले देशलाई उत्तर कोरियातर्फ उन्मुख गराउने चेतावनी दिएका हुन्।
फेसबुकमार्फत् आफ्ना विचार सार्वजनिक गर्दै आफू मन्त्री हुँदा सामाजिक सञ्जाल नियमन गर्न कानुनी र प्राविधिक प्रबन्ध मिलाउने प्रस्ताव गरेको स्मरण गरे। तर, सूचनामै प्रतिबन्ध लगाउने सरकारी नीति अस्वीकार्य भएको उनको भनाइ छ ।
उनले लेखेका छन्, “नियमनको प्रविधिको प्रबन्ध मिलाउने र कानुन बनाउने भनेको थिएँ ,तर, सरकारले त उत्तर कोरिया बनाउने बाटो रोजेछ। विकृति अन्त्य गर्ने नाममा सूचनामै बिर्को लगाउनु त हुन्न नि !”
