काठमाडौं। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाका दुई संसदीय समितिका बैठक आज बस्दैछन् ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’मा सरोकारवालासँग सैद्धान्तिक पक्षसँग सम्बन्धित विषयमा छलफल गर्ने कार्यसूची छ ।
बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ‘संघीय निजामती विधेयक, २०८० को मस्यौदा प्रतिवेदन’मा छलफल गर्ने कार्यसूची छ ।
