
काठमाडौं। बालबालिका लक्षित गरेर कवि छवि अनित्यको पुनर्लेखनमा ‘बालबालिकाका लागि महाभारत’ आएको छ ।
कृतिले विद्यालयस्तरका बालबालिकाहरुलाई महाभारतको कथाबारे जानकारी दिने प्रकाशकले बताएका छन् ।
सरल भाषाशैलीमा लेखिएको उक्त कृति सचित्र रहेको छ ।
कृतिलाई कलम प्रकाशनले बजारमा ल्याएको हो । यसको मूल्य रु.२९८। रहेको छ।

