काठमाडौं।संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ ।
बैठक बिहान सवा ११ बजेका लागि बोलाइएको छ ।
बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको पत्रबारे जानकारी गराउने, प्रधानमन्त्री केपी शर्मा ओलीले “महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदनmसभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ ।
विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त जलस्रोत विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभामा पेस गर्ने सम्भावित कार्यसूची रहेको बताइएको छ ।

