
काठमाडौं ।हाम्रो लघुकथा केन्द्र, दक्षिणकालीले उपत्यकाव्यापी माध्यमिक विद्यालय स्तरीय लघुकथा प्रतियोगिताको नतिजा सार्वजनिक गरी पुरस्कार प्रदान गरेको छ ।
ललितपुर माध्यमिक विद्यालय, लगनखेलमा केन्द्रले शनिबार कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरेको हो । उपत्यका भित्रका ३१ विद्यार्थीले भाग लिएको उक्त प्रतियोगितामा दक्षिणकाली,ग्रीनहिल विद्यालयका समिपजङ्ग केसी प्रथम भएका थिए भने बालबिकास बोर्डिङ्ग स्कुल बुढानिलकण्ठका सुमन भन्डारी द्वितीय भएका थिए ।
त्यस्तै , महेन्द्रग्राम माबि,चाँगुनारायणका दुर्गा परियार तृतीय भएका थिए। सान्त्वना पुरस्कार प्राप्त गर्न सफल ट्रीनिटी माबी काठ्माण्डौबाट स्नेहा अधिकारी भएका थिए ।
उक्त प्रतियोगितामा साहित्यकार नवराज रिजालको संयोजनमा रामकुमार पण्डित र तारा केसीको निर्णयक मण्डल समिति गठन गरिएको थियो । पुरस्कृत छात्रछात्रालाई केन्द्रले क्रमशः ७,०००, ५०००, ३००० र २००० नगद पुरस्कार र प्रमाणपत्रसहित पुस्तक दिएर पुरस्कृत गरेको हो ।
उक्त कार्यक्रममा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
केन्द्रको उक्त कार्यक्रमममा लघुकथा समाजका अध्यक्ष तुलसीहरि कोइराला र ललितपुर माविका विद्यालय निर्देशक उत्तमराज त्रिपाठी विशेष अतिथिका रुपमा रहनुभएको थियो ।
कार्यक्रमममा श्रीओम श्रेष्ठ रोदन, तुलसीहरि कोइराला, उत्तमराज त्रिपाठी, र लोमश वाङ्ग्मय प्रतिष्ठानका अध्यक्ष माधब घिमिरे अटल र यमुना प्रधानाङ्गले आफ्नो भनाइ राख्नुभएको थियो । जनार्दन रिजाल, रामकृष्ण बस्नेतले विजयी स्रष्टालाई बधाई ज्ञापन गर्नुभएको थियो । कार्यक्रमका पुरस्कार संयोजक मनोज कर्माचार्यले शुभकामना मन्तब्य राख्दै यस्ता कार्यक्रमममा बालबालिका लाई पुरस्कार प्रदान सधै तत्पर रहेको कुरा पनि ब्यक्त गर्नुभयो।
मिसु श्रेष्ठ थपलिया तथा बन्दना घिमिरेको उद्घोषणमा सञ्चालन भएको उक्त कार्यक्रम केन्द्रका कार्यवाहक अध्यक्ष डा. शेखरकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।


