
काठमाडौं।प्रमुख प्रतिपक्ष दल नेकपा (माअोवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सरकारबाटै गणतन्त्रमाथि खतरा रहेको टिप्पणी गरेका छन् ।
राजावादी वा व्यवस्थाविरोधीबाट गणतन्त्र जोखिममा नरहेको उनको भनाइ छ ।
उनले गणतन्त्रप्रति विश्वास बढाउने विषय सरकारको प्राथमिकतामा नपरेको जिकिर गरे ।
“गणतन्त्रमाथि खतरा छ भने त्यो राजावादी वा व्यवस्थाविरोधीहरूबाट छैन।”
प्रचण्डले भने, “गणतन्त्रमाथि खतरा छ भने यो सरकारको काम–कारबाहीबाट छ ।”प्रतिनिधिसभा बैठकमा सोमबार बोल्दै प्रचण्डले भने ।



