काठमाडौं। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा कमव्याकको घोषणा सँर्गै एमालेका युवानेताहरु बीच दोहोरी सुरु भएको छ ।
ओलीका पक्षमा बलियोसँग उभिएका एमाले नेता भानुभक्त ढकालले भनेका छन् -‘पार्टीका नीति, विधिमाथि तलबितल गरियो भने मात्र नेता होइन्छ भन्ने सोचाइ त्याग्नुहोस्। पार्टीको संस्थागत निर्णय नमान्दा हुन्छ भन्ने मानसकिता केही जनसंगठनका पदाधिकारीमा देखिन्छ।’
संस्थापनइतर पक्षमा लाग्नेहरुलाई ढकालले चेतावनी दिएपछि भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन भूमिका खेलिरहेका एमाले नेता एवं सांसद गोकुल बास्कोटाले सामाजिक सञ्जालबाट ढकालप्रति कटाक्ष गरेका छन्।
बास्कोटाले फेसबुकमार्फत ढकालको ‘नोटिस’प्रति लक्षित गर्दै सिकाउन आवश्यक नभएको जवाफ दिएका छन्। शुक्रबार बिहान बास्कोटाले लेखेका छन्, ‘बजारमा नोटिस हिट भएछ। तर मान्छेहरु नो निड टु टिच पो भन्न थालेछन्। बुझ्नै कठिन के होरु के होरु मलाई बुझाइदिने कोही छरु’
च्यासलबाट पोखरेल र ढकालले दिएको चेतावनीलाई बास्कोटाले फेसबुकबाट चुनौती दिएपछि नेता योगेश भट्टराईले पनि सामाजिक सञ्जालबाट ‘च्यासललाई ललकार्ने, च्यासलबाट ललकार्ने’ काम बन्द गरेर विमर्श गर्न आह्वान गरेका छन्।
पार्टीमा बढ्दो धुव्रीकरणलाई सहकार्यका बदल्नुपर्ने उनको प्रस्ताव छ।
भट्टराईले फेसबुकमा भनेका छन्, ‘ च्यासललाई ललकार्ने, च्यासलबाट ललकार्ने, कृपया यो तरिका बन्द गरौँ, बसौँ, आपसमा विमर्श गरौँ। सहकार्यमार्फत समाधान खोजौँ, जबजको मर्म पनि यही हो, राष्ट्र, जनता र एमाले, हामी सबै एक ठाँउ उभिने आधार।’ भट्टराईले भनेका छन् ।
