
काठमाडौं । बिहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल नागरिकता ऐन, २०६३लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि छलफल गरिएको छ ।
आज सुशासन समितिको ७५ औँ बैठकले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ संशोधन प्रस्तावकर्ताहरुसँग छलफल गरेको हो ।
उक्त छलफलमा गृहमन्त्री रमेश लेखकले नेपाली आमाबाट जन्मेका सन्तानहरु बाबुको ठेगान भएन, बाबु वेपत्ता भएको अथवा विदेशी छन् भने र नागरिकता दिन सहयोग गरेनन् भने आमाकै नागरिकताको आधारमा नागरिकता दिने विषयलाई सरलिकृत गर्ने कुरा मुख्य विषय भएको बताए ।


