
काठमाडौं।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इसराइलबाट नेपाल फर्कन ८८५ जनाले नाम टिपाएको जानकारी दिएकी छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै मन्त्री राणाले सरकारले इसराइल–इरानबीच युद्धका कारण नेपाल फर्कन चाहने नेपालीलाई अनलाइन पोर्टलमार्फत विवरण लिन शुरू गरेको जानकारी दिइन्।
त्यसमा ८८५ जनाले विवरण भरेको उनले मन्त्री राणाले बताइन्।
मन्त्री राणाले इसराइल–इरानबीच उत्पन्न द्वन्द्वका कारण सो क्षेत्र तथा अन्य प्रभावित मुलुकहरूमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई सरकारले प्राथमिकतामा राखेको समेत बताइन्।
