काठमाडौं ।नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे आएका सबै विषय तथ्यगत नरहेको दाबी गरेका छन् ।
आइतबार लेखा समितिमा पोखरा विमानस्थल निर्माणबारे उपसमितिको प्रतिवेदमाथि भएको छलफलका क्रममा बास्कोटाले अधिकारप्राप्त संस्थाले थप अध्ययन गर्न आवश्यक रहेको बताए ।
उपसमितिका सदस्य बास्कोटाले प्रतिवेदनमा फरक मत राखेका थिए ।
बास्कोटाले भनेका छन्-“पोखरामा साथीहरूले राम्रो अध्ययन गर्नुभएको छ । तर, आएका सबै कुरा तथ्यगत छैनन् । अब यसलाई सरकारको अधिकार पाएका संस्थाहरूले राम्रोसँग अध्ययन गर्नु जरुरी छ । कसैलाई जोगाउनु वा फसाउनु छैन् । ”
पोखरा विमानस्थल अध्ययन तथा अनुगमन गर्न गठित सार्वजनिक लेखा उपसमितिले वैशाख १५ गते लेखा समितिलाई अध्ययन प्रतिवेदन बुझाएको थियो ।
प्रतिवेदन माथि लेखा समितिमा आज छलफल भैरहेको बताइएको छ ।








