
पलाञ्चोक,काभ्रे । लेखक महेशराज खरेलको नियात्राकृति ‘देश–विदेश’ सार्वजनिक गरिएको छ ।
काभ्रे खरेलथोकस्थित पलाञ्चोक भगवती मन्दिर परिसरमा आयोजित खरेल बन्धु भेला खरेल बन्धु थातथलो भ्रमणमा कृति सार्वजनिक गरिएको हो ।
शनिबार आयोजित कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेललगायतले पुस्तक सार्वजनिक गरे ।
पुस्तक सार्वजनिक गर्दै खरेलले सिर्जना मानिसको मनबाट निसृत हुने एउटा अभूतपूव कला भएको बताए । उनले यो कला जोसित हुने भएकाले समाज र देशलाई केही दिने बताए ।
कृतिकार खरेलले आफूले देश तथा विदेशमा यात्रा गर्दाका अनुभूतिहरुलाई संगालेर पुस्तकको रुपमा ल्याएको बताए।



