काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) उच्च अंकले बढेको छ । बुधबार बजार परिसूचक ६२.२५ अंक बढेको हो । ६२ अंक बढेसँगै बजार २६७३.६९ अंकमा पुगेको छ। छ ।
बजार बढ्दा २२७ कम्पनीको सेयर मूल्य बढेको छ । १८ कम्पनीको सेयर मूल्य घटेको छ ।
१० अर्ब ५१ करोड ८४ लाख ६ हजार रुपैयाँ बराबरको दुई करोड ७२ लाख ४५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
६२ अंकले बढेको बजारमा १३ वटै समूहगत उपसूचक हरियो देखिएको छ । सबैभन्दा धेरै फाइनान्स समूह ५.४७ प्रतिशत बढेको छ ।





