काठमाडौं । विजय उर्नको निर्णायक गोलमा सहिद स्मारक ‘बी’ डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब बिजयी भएको छ ।
बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न दोस्रो खेलमा ब्रिगेडले श्री टुसाललाई १–० ले पराजित गरेको हो ।
खेलमा विजयले गरेको एक गोल नै ब्रिगेडलाई जित्न निर्णायक बन्यो । उनले ८७औँ मिनेटमा गोल गर्दै टोलीको जित पक्का गरे ।
जितसँगै ब्रिगेडले दोस्रो जित हात पार्दै तीन अंक जोडेको छ । ब्रिगेडले दुई बराबरी, एक हार र दुई जितका साथ पाँच खेलमा कुल आठ अंक बनाएको छ । यसअघि उसले श्री कुमारी क्लबविरुद्ध २–१ को जित निकालेको थियो ।








