
काठमाडौँ, । नेपाल ओलम्पिक कमिटी (एनओसी) उपाध्यक्ष तथा अखिल नेपाल टेबल टेनिस सङ्घका अध्यक्ष चतुरानन्द राजवैद्यलाई मातृशोक परेको छ ।
एनओसी उपाध्यक्ष राजवैद्यकी आमा चण्डिकादेवी वैद्यको गत २२ गते यही चैत्र शुक्रबार बिहान स्वर्गारोहण हुनुभएको हो । उहाँ ९७ वर्षको हुनुहुन्थ्यो । उहाँको पार्थिव शरीरको गत शुक्रबारनै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो ।
एनओसीले एक विज्ञप्ति प्रकाशित गर्दै शोकसन्तप्त वैद्य परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।चण्डिकादेवी वैद्यकी तीन छोराहरुमा चतुरानन्द राजवैद्य जेष्ठ सुपुत्र हुनुहुन्छ । अहिले म्हेपी अचलमार्ग स्थित निवासमा तीन दिन देखी आमाको काजकृया लागि बस्दै आएका छन ।





