
काठमाडौं।उपन्यास समाज नेपालको आयोजनामा राजधानीमा उपन्यासकार ज्ञानु बुढाथोकीको उपन्यास याङरुपको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारतीको सभापतित्वमा भएको उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार तुलसीप्रसाद भट्टराई प्रमुख अतिथि थिए ।
माधव बिडारी’चेतनपथ’ले संचालन गरेको परिचर्चा कार्यक्रममा वरिष्ठ साहित्यकार तथा नेपाली लेखक संघका नवनिर्वाचित अध्यक्ष वियोगी बुढाथोकीले स्वागत मन्तव्य दिएका थिए ।
करिव डेढ घण्टा चलेको उक्त कार्यक्रममा प्रा.डा.कृष्णप्रसाद दाहाल,डा.शान्तिमाया गिरी,पवन आलोक,श्रीओम श्रेष्ठ ‘रोदन’ केशव आचार्य,प्राज्ञ सभा सदस्य मुनाराज शेर्मा,भद्रगोल किराती लगायतले कृति र कृतिकारको विषयमा आ-आफ्नो धारणा राखेका थिए ।
माधव बिडारी ‘चेतनपथ’ले संचालन गरेको परिचर्चा कार्यक्रममा वरिष्ठ साहित्यकार तथा नेपाली लेखक संघका नवनिर्वाचित अध्यक्ष वियोगी बुढाथोकीले स्वागत मन्तव्य दिएका थिए ।








