
काठमाडौं।वनिता’ साहित्यिक पत्रिकाले साहित्य, सङ्गीत, रङ्गमञ्च र सञ्चारका क्षेत्रका विभिन्न सम्मान तथा पुरस्कार अर्पिएको छ।
‘वनिता’ ले वर्षैपिच्छे वनिता विविध विधामा नगद राशि, सम्मानपत्र, माला, दोसल्लासहित अभिनन्दन तथा सम्मान गर्दै आएको छ।
वनिताश्री रत्न सम्बुद्ध गोपालप्रसाद रिमाल २०८२ विशेष अभिनन्दन कवि, नाट्यकर्मी अशेष मल्ललाई, वनिता विशेष रन्जुश्री दामोदर नियात्रा सम्मान-२०८२ नियात्राकार चन्द्रप्रसाद भट्टराईलाई, वनिताश्री देवकुमारी थापा बालसाहित्य सम्मान-२०८२ बालसाहित्यकार डा.देवी नेपाललाई,वनिताश्री देवकुमारी थापा बालसाहित्य सम्मान-२०८३ बालसाहित्यकार ललिता दोषीलाई अर्पिएको छ।
त्यस्तै वनिता श्री डा.नरेन्द्र चापागाईं समालोचना शिरोवर्ती सम्मान-२०८२ समालोचक ज्ञानु अधिकारीलाई, वनिताश्री डा.नरेन्द्र चापागाईं समालोचना शिरोवर्ती सम्मान-२०८३ समालोचक डा.शैलजा पोखरेललाई अर्पिएको छ।
त्यस्तै वनिता देवकुमारी थापा कथा विशिष्ट सम्मान-२०८२ कथाकार गोविन्द गिरी प्रेरणालाई डायस्पोरा, वनिता देवकुमारी थापा कथा विशिष्ट सम्मान कथाकार सीता पाण्डे डायस्पोरा-२०८३, वनिताश्री व्यथित काव्य सम्मान कवि कृष्ण बजगाई डायस्पोरा २०८२ अर्पण गरिएको छ।
त्यस्तै वनिताश्री व्यथित काव्य सम्मान-२०८३ कवि प्रदुम्न जोशीलाई, वनिता रन्जुश्री-दामोदर नियात्रा पुरस्कार-२०८२ द्धारा नियात्राकार श्रीओम श्रेष्ठ रोदन,वनिता रन्जुश्री-दामोदर नियात्रा पुरस्कार-२०८३ द्धारा नियात्राकार जय छाङ्छा र वनिता विशेष वसुश्री-मधु सम्मान र पुरस्कार २०८२ कवि मीनकुमार श्रेष्ठ नवोदितलाई अर्पण गरिएको छ।
त्यस्तै वनिता विशेष वसुश्री-मधु सम्मान र पुरस्कार-२०८३ साहित्यकार ओम रिजाललाई, वनिताश्री पुरुषोत्तमराज पाण्डेय विशेष सम्मान-पत्रकार -२०८२ शरद सुवेदीलाई, वनिताश्री पुरुषोत्तमराज पाण्डेय डायस्पोरा बालसाहित्य सम्मान साहित्यकार विमला निरौलालाई,डायस्पोरा २०८३,वनिता जलेश्वरी बालप्रतिभा पुरस्कार, काठमाडौं विद्याकुञ्ज स्कुलका ४र५ कक्षाका नानीहरू सिर्जना धामी, आहाना महर्जन र निलिमा तामाङ छन्।
यसैगरी यज्ञमाया वनिता शुभ स्मृति सम्मानआगफुटी शेर्पा, डा.हर्ष स्मृति वनिता शुभ सम्मान २०८२ ईश्वर सिटौलालाई अर्पण गरियो ।
राजधानीमा हालै आयोजित एक कार्यक्रममा उक्त पुरस्कार तथा सम्मानहरु अर्पण गरिएको आयोजकले बताए।




