काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन्।
प्रतिनिधि सभा बैठक बिहान ११ बजे बस्ने तय भएको छ।
विपक्षी दलहरूले सरकारका निर्णयहरूका विषयमा प्रधानमन्त्रीको जबाफ माग गर्दै संसद अवरूद्ध गरेपछि प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीको सम्बोधन तय भएको हो।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओलीले सोमबारको बैठकलाई सम्बोधन गर्ने निश्चित भएको बताएका छन् ।
उता प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी लगायतका विपक्षी दलहरू बैठक नै बसेर प्रधानमन्त्रीले जबाफ नदिएसम्म सदन चल्न नदिने निर्णय गरेका थिए।


