
बनेपा,काभ्रे ।नेकपा एमाले बनेपा नगर कमिटीको अध्यक्षमा नवराज मानन्धर निर्वाचित भएका छन् ।
नेकपा एमाले बनेपा नगर कमिटीको दोश्रो अधिबेशनबाट अध्यक्षमा मानन्धर निर्वाचित भएका हुन् ।
त्यसैगरी उपाध्यक्षमा शिब थापा,सचिबमा पवन के सि,उपसचिबमा बिक्रम प्रजापति र उप सचिब महिलामा नारायणि शर्मा निर्बिरोध विजयी भएका हुन् ।
शनिबार भएको अधिबेशनको उद्घाटन एमाले पोलिटब्युरो सदस्य एवं जिल्ला इन्जार्च पुर्व मन्त्री माननीय गोकुल बास्कोटाले गरेका थिए ।






