काठमाडौं।नेपाली कांग्रेसले अध्यादेशका पक्षमा उभिन सांसदहरूलाई ह्विप लगाएको छ।
बुधबार बस्ने प्रतिनिधि सभा बैठकमा सरकारले विभिन्न अध्यादेशहरू निर्णयार्थ पेस गर्ने तयारी छ। त्यसअघि नै कांग्रेसले आफ्ना सांसदहरूलाई प्रतिनिधि सभा बैठकमा अनिवार्य रूपमा उपस्थित हुन भनेको हो।
सत्तारूढ दल कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सांसदहरूलाई मंगलबार एसएमएस गरेर अध्यादेशका पक्षमा उभिन ह्विप लगाएका हुन्।
‘फागुन २१ गते दिउँसो १ बजे बस्ने संसदको बैठकमा अध्यादेशहरू स्वीकृतिका लागि प्रस्तुत हुने हुँदा बैठकमा अनिवार्य उपस्थित भई अन्तिमसम्म रहन यो ह्विप जारी गरिन्छ,’ प्रमुख सचेतक घिमिरेले पार्टीका प्रतिनिधि सभा सांसदहरूलाई पठाएको एसएमएसमा उल्लेख छ।

