काठमाडौं। राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई अदालतमा उपस्थित गराइएको छ ।
प्रहरीले केहीबेरअघि उनलाई हतकडी लगाएरै अदालतमा उपस्थित गराएको हो ।
अदालतमा अनुसन्धानका लागि म्याद थप गर्नका लागि उपस्थित गराइएको हो ।
काठमाडौं प्रहरी स्रोतका अनुसार उनीहरूविरुद्ध प्रहरीले संगठित अपराध,राज्यविरुद्धको कसुर र आपराधिक उपद्रको कसुरमा अनुसन्धान गर्न म्याद थपको अनुमति मागेको छ ।
चैत १५ गते काठमाडौं तीनकुनेमा दुई जनाको ज्यान जानेगरी भएको प्रदर्शनमा उनीहरूको संलग्नता रहेको आरोपमा प्रहरीले शुक्रबार राति नै पक्राउ गरेको थियो ।





