काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ०८२ मा पार्टीको १५औँ महाधिवेशन तत्कालै नगर्ने योजना चुहाएका छन् ।
आफूलाई सभापति बन्न सघाउने ११ नेताहरूसँग शुक्रबार छलफल गर्दै देउवाले आफू प्रधानमन्त्री नहुँदासम्म महाधिवेशन नगराउने योजना सुनाएका हुन् ।
पार्टी प्रवक्ता डा.प्रकाशशरण महतको समन्वयमा देउवा नजिकका नेताहरू बूढानिलकन्ठ पुगेका थिए ।
राष्ट्रिय सभा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौला,उपसभापति पूर्णबहादुर खड्का,पूर्वउपसभापतित्रय गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि र विजय गच्छदार,सहमहामन्त्री उमाकान्त चौधरी, प्रवक्ता डा. महतसहित नेताहरू बालकृष्ण खाण, एनपी साउद लगायत सहभागी बैठकमा देउवाले यस्तो योजना सुनाएका हुन् ।
उनले आफू नेतृत्व हस्तान्तरण गर्दा प्रधानमन्त्री पद पाइसक्नुपर्ने उनको सर्त छ । त्यसो नगरे आफू प्रधानमन्त्री नहुने र सात बुँदे सहमति धरापमा पर्दा कांग्रेसलाई सरकारको नेतृत्व पनि प्राप्त नहुने उनको बुझाइ थियो ।
उनको कुरामा प्राय:को सहमति भएको बताइएको छ ।




