
काठमाडौं । भारतमा जारी खो खो विश्वकपमा नेपालको पुरूष टोली फाइनल प्रवेश गरेको छ ।
पुरूष टोलीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधिनजिक पुगेको हो ।
नेपालको पुरुष राष्ट्रिय खो खो खो टोलीले शनिबार पहिलो सेमिफाइनलमा इरानलाई पराजित गर्दै ऐतिहासिक फाइनल यात्रा तय गरेको हो । नयाँ दिल्ली स्थित इन्दिरा गान्थी इन्डोर हलमा भएको खेलमा नेपालले इरानलाई ७२-२० अंकको अन्तरले हरायो ।
नेपालले अब दक्षिण अफ्रिका र भारतबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ ।




