
काठमाडौं ।लसएन्जलसमा दश हजार एकडमा फैलिएको आगलागीका कारण पाँचजनाको मृत्यु भएको छ ।
अल्टाडेना क्षेत्रको इटनमा भएको आगलागीमा परी पाँचजनाको मृत्यु भएको सरकारी अधिकारीहरूले जनाएका छन् ।
लसएन्जलसको जंगलमा लागेको आगो लगातार फैलिरहेको छ ।
आगलागी फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै आपतकाल घोषणा गरिएको छ ।

