
धादिङ । नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले लघुकथा प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ ।
प्रतिष्ठानले बागमती प्रदेशस्तरीय खुला लघुकथा प्रतियोगिताको नतिजा सार्वजनिक गरेको हो ।
प्रतियोगितामा डा.टिकाराम पोखरेलको डोजर र मान्छे लघुकथा प्रथम भएको छ । यसैगरी प्रा.डा.अजय रिसालको प्रेमकी देवी द्धितीय र धनवन्तरि मिश्रको विकृत प्रदुषणले तेस्रो स्थान जमाएको छ । सान्त्वनामा गंगा बस्नेत(खड्का)को गरिमा शिर्षक कथा चुनिएको छ ।

प्रतिष्ठानका सदस्य सचिव प्रकाश पौडेलले विज्ञप्ति जारी गरी विजयी कथाकारहरुलाई क्रमशः रु.२० हजार,१५हजार,१०हजार र ५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने जानकारी दिए ।



