
काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको भौतिक आक्रमणको विरोधमा प्रदर्शन गरेको छ ।
काठमाडौं जिल्ला अदालतमा बहस सकाएर बाहिरिने क्रममा गत माघ २ गते त्रिपाठीमाथि आक्रमण गरिएको थियो । त्यसविरुद्ध सर्वोच्च बार एसोसिएसनमा आबद्ध कानुन व्यवसायीले आइतबार हातमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन् ।
उनीहरूले समग्र कानुन व्यवसायीको सुरक्षाको प्रत्याभूति गर्न माग गरे ।








