![]()
काठमाडौं । सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको आज ब्रेक थ्रू भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल उपस्थितिमा सुरुङमार्गको ब्रेक थ्रू भएको हो । ओली प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअलरूपमा उपस्थित भएका हुन् ।
प्रधानमन्त्री ओली स्थलगतरूपमै पुग्ने कार्यक्रम थियो । तर, अस्वस्थ भएपछि उनले भर्चुअल रुपमा सम्बोधन गरे ।
यो राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोलिने काम सकिएको हो ।
सुरुङमार्ग ब्रेक थ्रू हुनु सिंगै देशको खुसीको कुरा भएको बताउँदै प्रम ओलीले“मुलुकमा शीघ्र विकास र सुशासन दिन अहिलेको सरकार तल्लीन छ । हामी अरूको पनि सहयोग लिन्छौँ र हामी बनाउँछौँ हाम्रो देश । देशलाई फाइदा हुने कुराहरूमा सरकारको ध्यान जानेछ ।” भने ।

कार्यक्रमस्थलमै पुगेका थिए उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह, विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेपालका लागि चीनका राजदूत चेन सोङ ।

