
काठमाडौं ।पूर्वउपाध्यक्ष भीम रावललाई संगठित सदस्य समेत नरहने गरी पदमुक्त गर्ने एमाले निर्णयपछि रावलले विचलित नहुने बताएका छन् ।
‘मलाई कारबाही गर्ने ओली प्रवृत्तिको निरन्तरता हो, यसबाट म विचलित हुन्नँ,’ उनले भनेका छन् ।
यो निर्णय अलोकतान्त्रिक, निरंकुश, स्वेच्छाचारी र तानाशाही भएको समेत उनले टिप्पणी गरेका छन्।
पूर्वउपाध्यक्ष रावलले लामो समयदेखि पार्टीको नीतिसँग असहमति राखेर आफ्ना विचार प्रकट गरिरहेका अबस्थामा एमालेबाट कारबाहीमा परेका हुन् ।
यसैगरी बुधबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई ६ महिना पार्टीको जिम्मेवारीबाट हटाएको छ।




