
झापा । झापाको कन्काई नगरपालिका-६ मा स्वतन्त्र उम्मेदवार विजयी बनेका छन्।
स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओलीले ४९३ मत प्राप्त गरी विजयी बने । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका तुलाराम बस्नेतले ३५६ पाए । नेपाली कांग्रेसका रामगोपाल ओलीले ३१७ मत प्राप्त गरेका हुन्।
यसअघि यो ठाउँमा एमालेका दीर्घबहादुर थापा विजयी बनेका थिए। उनले ५०८ मत प्राप्त गरेका थिए।


