
ताप्लेजुङ। ताप्लेजुङको सिरिजंघा-३ मा नेकपा एमालेले कांग्रेसबाट वडाध्यक्ष फुत्काएको छ।
एमाले उम्मेदवार कुमारी सावादेन ३५३ मत सहित वडा अध्यक्षमा विजयी भएकी छन्।
त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका अम्बी साउदेनले २५१ मत पाउँदा नेपाली कांग्रेसका भीम लक्सम्बाले २१८ मत पाएका छन्।
यसैगरी लिम्बुवानका राजेन्द्र लिम्बूले ५४ र रास्वपाका देवीप्रसाद पौडेलले ७ मत पाएका छन्।

