
काठमाडौ । श्रीलंकाको संसदीय निर्वाचनमा राष्ट्रपति अनुराकुमारा दिसानायके नेतृत्वको वामपन्थी गठबन्धन नेशनल पीपुल्स पावर (एनपीपी) ले कुल १९६ मध्ये १५९ सिट सहित दुई तिहाई बहुमत हासिल गरेको छ ।
यसअघि २२ सेप्टेम्बरमा वामपन्थी नेता दिसानायके श्रीलंकाका राष्ट्रपति चुनिएका थिए ।
उनले भ्रष्टाचारविरुद्ध लड्ने र श्रीलंकाले व्यहोरिरहेको आर्थिक संकटबाट बाहिर निकाल्नका लागि बहुमत आवश्यक भएको भन्दै संसदको मध्यावधि निर्वाचनमा होमिएका थिए ।
अब समानुपातिकतर्फको सिट संख्या जोड्दा एनपीपीको १६० सिट पुग्ने प्रारम्भिक अनुमान छ जुन दुई तिहाइभन्दा बढी हुने अबस्था देखिएको छ ।





