
काठमाडौ । प्रसिद्ध कलाकार के.के.कर्माचार्यको जीवनीमा आधारित बालचित्र कथा ‘हिलोमा फुलेको फूल’ को पहिलो भाग लोकार्पण भएको छ ।
कर्माचार्यको जीवनीलाई बालसाहित्यकार विजयराज आचार्यले लेख्नुभएको सो कृतिको वरिष्ठ कलाकार हरिप्रसाद शर्माले सार्वजनिक गर्नुभएको हो । विवेक सिर्जनशील प्रकाशनले प्रकाशनमा ल्याएको र नेपाल बालसाहित्य समाजले आयोजना गरेको कार्यक्रममा साहित्य, राजनीति, कलाक्षेत्रका वरिष्ठ व्यक्तिहरुले कलाकार कर्माचार्यको जीवन, संघर्ष र सफलताका बारेमा बोल्नुभएको थियो ।
जीवन भोगाइका यथार्थ तथ्यहरुलाई संवादको शैलीमा आधारिेत भई लेखिएको र कलाकारकै बाल्य जीवनका विविध पाटा, पात्र र परिवेशहरुलाई आकर्षक सन्दर्भ चित्रका रुपमा रङ्गीन कला चित्र कलाकार कर्माचार्य आफैले बनाउनुभएको छ।
यौटा कलाकारको संघर्षको कथा र व्यथासँगै त्यो बेलाको काठमाडौंको जीवनशैली र बस्ती, बसोबासका विविध पाटालाई कलाकार कर्माचार्यले कलात्मक रुपमा उतारेको र कर्माचार्यको जीवनीलाई लेखक आचार्यले सजीव रुपमा प्रस्तुत गरेको कार्यक्रममा वक्ताहरुले बताउनुभएको थियो ।








